Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


गैर न्यायिक रुपमा गरिएको सडक बिस्तारको काम बन्द गर्न माग गर्दै रिले अनशन


0
Shares

राजधानीको शान्तिबाटिकामा उनीहरुले सडक विस्तारको नाममा सर्वसाधारणका घर, टहरा भत्काइएकाले रोक्न माग गर्दै अनशन बसेका हुन् ।

समय नदिई सर्वसाधारणका घर प्रहरी प्रशासन प्रयोग गरेर जबरजस्ती भत्काइएको, सम्पत्तिको हक, आवाससम्बन्धि हकको उल्लंघन गरेको भन्दै अराजकता बन्द नगरेसम्म अनशन जारी रहने बताए ।

उनीहरुले काठमाडौं उपत्यका विकास प्राधीकरण र सडक विभागले स्वेच्छाचारी र हुकुमी शैलीले सर्वसाधरण जनताको सम्पत्ति अतिक्रमण गरेको आरोप उनीहरुको छ ।

घरको सामान सार्नसम्म नदिएको, सामान सार्न डेरा नपाएको गुनासो गर्दासमेत जवरजस्ती डोजर लगाइएको गुनासो उनीहरुले गरे ।

रिले अनशनमा काठमाडौं, भक्तपुर र ललितपुरका सडक पीडित सहभागी छन् ।