चुनाव घोषणापत्र तयारी समितिले बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञहरुले जनताका आकांक्षा सम्बोधन गर्ने गरी घोषणापत्र बनाउन सुझाव दिएका हुन् ।
कार्यक्रममा अर्थविद् डा. विश्वम्भर प्याकुर्यालले तथ्यमा आधारित भएर जनताको विश्वास जित्ने गरी घोषणापत्र बनाउन सुझाव दिए ।
यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले आर्थिक क्षेत्र तथा सेवामा कांग्रेसले ठोस योजनासहितको घोषणापत्र तयार पार्नुपर्ने सुझाव दिए ।
त्यसैगरी, विज्ञहरुले स्थानीय तहको अधिकार, क्षमता निर्माण तथा युवापुस्ताकेन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
कांग्रेसले मधेसलाई लक्षित गरी स्पस्ट दृष्टिकोण राख्नुपर्नेमा पनि उनीहरुले सुझाव दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्