Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


स्थानीय निर्वाचन हुनु नै माओवादीको जित : दाहाल


0
Shares

                                                                                    फाइल फोटो
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आदिवासी जनजाति राष्ट्रिय महासंघ, नेपाल ३ नम्बर प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन हुनु नै आफ्नो पार्टीको जित भएको टिप्पणी गरे ।

प्रधानमन्त्रीले माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिक सहभागिता, धर्मनिरपेक्षतासहितका कार्यसूची नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने आवश्यकतामा जोड दिए ।

उनले संघीयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै पार्टी स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्ने धारणा राखे ।

उनले परिवर्तनका एजेन्डा खोस्न चाहनेलेमात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीलाई एकताबद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे ।

अध्यक्ष दाहालले माओवादीको एकतामा जोड दिँदै अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा पुष्टि भएको टिप्पणी गरे ।

उनले आफ्नो नेतृत्वको सरकारले विद्युत्भार कटौती हटाउने, ठूला आयोजना छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकीमार्ग र द्रुतमार्ग निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कैयौं उपलब्धि हासिल गरेको फेहरिस्त पेस गरे । रासस