कैलालीको टीकापुरदेखि बर्दियाको राजापुरतर्फ आउँदै गरेको से १ ह १०५१ नं को अटो रिक्सामा सवार टीकापुर नपा–५ निवासी ३२ वर्षीय शान्ति दाहालको रिक्सामा सल बेरिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक हरिचरण भट्टले बताए ।
प्रहरीले अटो रिक्सा चालक कैलाली टीकापुर–९ का कृष्ण परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्