Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


महिलाको नाममा भूस्वामित्व बढ्दो


0
Shares

राजश्व छुटको व्यवस्थापछि जिल्लामा महिला मात्रको नाममा तथा महिला–पुरुषको संयुक्त नाममा लालपुर्जा लिनेको संख्यामा वृद्धि भएको हो । जिल्लामा पछिल्लो तीन वर्षमा एक हजार पाँच सयको हाराहारीमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन भएको जिल्ला मालपोत कार्यालयका प्रमुख विजय ईङनामले जानकारी दिए ।

आर्थिक वर्ष ०७१/७२ मा ५ सय ९५ तथा आर्थिक वर्ष ०७२÷७३ मा ६ सय ४३ वटा जग्गा महिलाको नाममा रजिष्ट्रेसन भएका हुन् । यस वापत उनीहरुले २४ लाख ८६ हजार रुपैयाँ राजश्व छुट पाएका छन् ।