
फाइल तस्विर
जिल्ला सदरमुकाम सिमिकोट र उत्तरीभेग कालिमी, मुचु खगालगाउँ, स्याँडालगाएत ठाउँमा हिमपात भएको र दक्षिणी भेगमा तीन दिनदेखि लगातार वर्षा भइरहेको जनाइएको छ ।
वर्षासँगै भएको हिमपातका कारण जाडो बढेको छ । हिमपातका कारण सिमिकोट विमानस्थलको हवाई सेवा बन्द भएको छ ।
असिनाले क्षति
लगातार तीन दिन परेको वर्षा र असिनाले डडेल्धुरालगायत सुदूरपश्चिम क्षेत्रको कृषिबालीमा क्षति भएको छ ।
वर्षा र असिनाले आलु, काँक्रोलगायतका बालीमा क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
यस्तै, बैतडी, अछाम, बाजुरा, बझाङ र डोटीका उच्च पहाडी क्षेत्रमा पनि वर्षा र असिनाले बालीनालीमा क्षति पुर्याएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्