Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


बहुसंख्यक हिन्दू भएको देशमा धर्मनिरपेक्षता कार्यान्वयन हुन सक्दैन : राणा


0
Shares

                                                                                    फाइल फोटो

पार्टीको काठमाडौं महानगर समिति वडा नम्बर–३ ले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्षता कार्यान्वयन हुन नसक्ने बताउँदै जनतालाई अधिकारसम्पन्न गराउनका लागि स्थानीय तहको निर्वाचनमा स्थानीय जनताले राम्रा जनप्रतिनिधि छनोट गर्नुपर्नेमा जोड दिए ।

पार्टीका उपाध्यक्ष टंक ढकालले निर्वाचनमा विकासप्रेमी जनप्रतिनिधि छान्ने अवसरलाई जनताले उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

पार्टीका नेता राजाराम श्रेष्ठले स्थानीय तहको चुनावपछि देशभर स्थानीय पूर्वाधार तथा विकास निर्माणका कार्यले गति लिने र आर्थिक समृद्धि हुने बताए ।

पार्टीका महानगर प्रमुख कृष्ण बज्राचार्य, युवा नेत्री सोनाम शाक्यलगायतले कार्यकर्ताको दुःख र मेहनतले अहिले पार्टीले सफलता प्राप्त गरेको जिकिर गर्दै कार्यकर्ताको सही मूल्यांकन गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई सुझाव दिए । रासस

Skip This