Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्री र केपी ओलीबीच भेटवार्ताः संविधान संशोधनमा सघाउन आग्रह


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादी नेताहरुले एमाले अध्यक्ष केपी ओलीसँग शुक्रबार छलफल गर्दै निर्वाचनका लागि वातावरण बनाउन आग्रह गरेका हुन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले सीमांकनलाई थाती राखेर संविधान संशोधन गर्ने र मधेसी मोर्चालाई चुनावमा ल्याउने प्रस्ताव राखेका हुन् ।

सीमांकन भने संघीय आयोगमार्फत् टुंग्गो लगाउने प्रधानमन्त्रीको दाहालको प्रस्ताव छ । एमाले अध्यक्ष ओलीले भने मधेसी मोर्चाको ठोस धारणा अझै प्रष्ट नभएकाले ठोस प्रस्तावसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सीमांकन आयोग गठन गर्ने, संसदमा हाल रहेको संशोधन विधेयकको भाषा, नागरिकता र राष्ट्रिय सभा गठनका साथै निर्वाचक मण्डलबाट स्थानीय तहलाई डिलिंक गर्ने र २७४ संशोधन गर्ने गृहकार्यमा प्रधानमन्त्री जुटेका छन् ।