काठमाडौं, फागुन ११ । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आन्तरिक उत्पादन बढाउन आयातित कच्चापदार्थमा लाग्ने कर हटाउनुपर्ने बताएका छन् ।
शनिबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो वार्षिक साधारणसभामा उनले तयारी वस्तुहरुमाभन्दा कच्चापदार्थमा बढी कर लगाइएको भन्दै कच्चापदार्थमा कर घटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले भ्रष्टाचार न्यूनीकरण नगरेसम्म जनतालाई पनि असहज हुने भन्दै उनले भ्रष्टाचार नियन्त्रणमा जोड दिए ।
व्यवसाय प्रवर्द्धन गर्नका लागि रात्रिबजारको विकासमा पनि उनले जोड दिए ।
अर्थविद् डा.चन्द्रमणि अधिकारीले व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्