Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेटवार्ता


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिकोबारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधार भइरहेको बताए ।

उनले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेन्डा लिएर अघि बढेको बताउँदै ‘स्थानीय तहको निर्वाचनपछि महिला तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्णरुपमा समावेश छ’–भने ।

उपमहासचिव ग्रेडाले नेपालले पोषणमा गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा राष्ट्रसंघले नेपाललाई पोषणको क्षेत्रमा थप काम गर्न सहयोग उपलब्ध गराउने आश्वासन दिएकी थिइन् । रासस