Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मधेसी मोर्चा र एमालेलाईसमेत मान्य हुने गरी नयाँ संविधान संशोधन : प्रधानमन्त्री


0
Shares

शनिबार राजधानीमा रिपोर्टस् क्लबको १९औं वार्षिकोत्सव समारोहमा उनले नयाँ संशोधन विधेयक दर्ता भएसँगै मधेसी मोर्चासहित सबैपक्षले स्थानीय तहको चुनावमा भाग लिने वातावरण बन्ने दाबी पनि गरे ।

वैशाख ३१ गते नै स्थानीय तहको चुनाव हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकार वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्नेमा दृढ नदेखिएको टिप्पणी गरे ।

वैशाख ३१ मै स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै उनले स्थानीय तहको संख्या थप्न नहुनेमा जोड दिए ।

यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको चुनावमा सबैपक्षलाई सामेल गराउन संविधान संशोधन गर्नुपर्ने बताए ।

संविधान संशोधनको पक्षमा एमाले लचिलो बन्नुपर्ने उनको भनाइ थियो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावको सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेताहरु भगतसिंह कोसियारी, विजय जोली, भारतीय राजदूत मन्जीत सिंहले नेपालमा स्थायित्व आवश्यक रहेको बताए ।

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरु स्थानीय तहको चुनावमा भाग लिन तयार रहेको भन्दै दलीय चुनाव चिह्न पाउने व्यवस्था गर्न माग गरे ।