Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


अतिवादी सोच त्यागेर निर्वाचनमा सहभागी हुनोस् : शशांक


0
Shares

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले मोर्चालाई चुनावमा सहभागी गराउन प्रमुख दलसहित सरकार लचिलो भएकोबेला मोर्चालाई पनि लचिलो भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

महामन्त्री कोइरालाले मोर्चालाई निर्वाचनमा सहभागी गराउन एक सातासम्म निर्वाचन सार्नसक्ने विषयमा कांग्रेस सहमत हुनसक्ने स्पस्ट पार्दै अतिवादी सोचलाई त्यागेर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

नेपाली कांग्रेस नेतृत्वको सरकारको समयमा संविधान जारी भएको प्रसंग उल्लेख गर्दै उनले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको रहेकाले आफूहरु लचिलो भएको बताए ।

महामन्त्री कोइरालाले संविधानप्रति असन्तुष्टि जनाउँदै प्रक्रियाभन्दा बाहिर रहेकाले पनि मोर्चाले संविधान कार्यावन्यन गर्न नचाहेको आशंका व्यक्त गर्दै चौतर्फी निर्वाचनमय माहोलको सिर्जना भइसकेकाले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने सुझाव दिए ।

ठूलो पार्टी कांग्रेस भएकाले सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दोस्रो मर्यादाक्रममा राख्नुपर्नेमा पनि उनले जोड दिए । रासस