Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अहिलेको सरकार इतिहासमै सबैभन्दा भ्रष्ट : बाबुराम


0
Shares

शनिबार सुर्खेतमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा भट्टराईले जथाभावी करोडौं रकम वितरण गरी अहिलेको सरकारले भ्रष्टाचारमा नयाँ रेकर्ड कायम गरेको आरोप लगाए ।

उनले स्थानीय तहको चुनावको नाममा सरकारी कोषको दोहन र दुरुपयोग गरिएको दाबीसमेत गरे ।

एक फरक प्रसंगमा उनले सरकारले अलोकतान्त्रिक तरिकाले नयाँ दललाई चुनाव चिह्न नदिने निर्णय गरेको आरोप पनि लगाए ।

दलीय चुनाव चिह्न प्राप्तिका लागि आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ थियो ।