Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कञ्चनजंघामा यही सिजनमा तीन नेपाली महिलाले पाइला टेक्ने


0
Shares

-रविन भट्टराई, ईमेज

‘थ्री वुमेन, थ्री टप’ नामक अभियानका तीन जना नेपाली महिलाले उक्त हिमाल आरोहणको लागि यात्रा सुरु गरिसकेका छन् । उनीहरुको टोली शनिवार हिमाल रहेको जिल्ला ताप्लेजुङ आइपुगेको छ ।

आरोहणमा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङ ल्लामु शेर्पा तथा दोलखाकी दावा याङजोम शेर्पा सहितको टोली रहेको छ ।

उनीहरुले ताप्लेजुङको याम्फुदिन तर्फको मार्गबाट कंञ्चनजंघा बेसक्याम्प प्रबेश गर्ने बताइएको छ ।

जलवायु परिवर्तन न्यूनीकरणको सन्देस बोकेर अप्रिल ७ तारिख अर्थात चैत २५ गते काठमाडौंबाट हिडेका उनिहरु शनिवार दिउँसो ताप्लेजुङ आइपुगेका हुन् ।

उनिहरुको टोलीलाई होटल व्यवसायि संघ ताप्लेजुङका अध्यक्ष सहित प्रतिनिधिले खदा लगाई सम्मान सहित आरोहण सफलताको सुभकामना समेत दिएका छन् ।

संघका अध्यक्ष दिनेश खबास, सल्लाहकार सुरेस लिम्बु सहित संचारकर्मीको टोलीले पाँचथरको गणेशचोक पुगेर लामो समय पछि कञ्चनजंघामा मानप पाइला राख्ने साहस गरेको भन्दै सम्मान सहित शुभकामना दिएको हो ।

आरोहण टोलि पाँचथरको गणेशचोक, थर्पु, हप्पुखोला, खेवाङ, याम्फुदिन हुँदै कंञ्चनजंघा आधारसिविर तर्फ जाने बताईएको छ ।

सन् २००७ मा विश्वको सर्वोच्च शिखर सगरमाथा तथा २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो हिम शिखर माउन्ट केटुको आरोहण गरिसकेको उक्त समूहले विश्वको तेस्रो अग्लो हिमाल आरोहण गर्न लागेको हो ।

उनिहरुको टोलिमा भारतिय, चाइनिज, स्पेनिस लगायतको टोली समेत रहेको छ । कम आरोहण हुने र तुलनात्मक रूपमा अप्ठेरो भएकाले तयारी पनि सोही अनुसार गरी यात्रा तय गरेको आरोहण दलका सदस्यहरूको भनाइ छ ।

यो हिमालको पाँचौं क्याम्प निकै अप्ठेरो र लामो भएको माउटेन गाईड नुरी शेर्पा बताउँछन् ।

‘महिलाहरू सजिलो हिमाल मात्र आरोहण गर्छन् भन्ने भ्रम चिर्नु र कञ्चनजंघा जस्तो अप्ठेरो हिमाल पनि चडे भन्ने सन्देश दिदै आरोहि र पर्यटक भित्राउनु आरोहणको मुख्य उद्धेश्य भएको आरोहणमा सहभागी माया शेर्पाले बताइन ।

जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा पनि जनस्तरसम्म जानकारी गराउनु छ उनले भनिन् ।

पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाका नायव सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार सन् २०१५ देखि कञ्चनजंघा हिमालको आरोहण भएको छैन । सन् २०१३ र १४ मा आरोहणका क्रममा त्यहाँ लगातार दुर्घटना भएका थिए ।

२०१३ मा तीन र १४ मा पाँच जनाको आरोहणकै क्रममा ज्यान गएको थियो । उनीहरूको शव पनि निकाल्न सकिएको छैन । महिला टोलीले भने व्यवस्थित ढंगले चुनौतीहरू सामना गर्दै आरोहण गर्ने तयारी गरेको छ ।

उनिहरुको टोलि सेभेन समिट कम्पनि बाट आरोहण गर्न लागेका हुन् । कञ्चनजंघा हिमाल आरोहणका क्रममा ४५ देखि ५० दिन लाग्न सक्ने आरोहिहरुले बताएका छन् ।