Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


आज पनि बस्न सकेन मन्त्रिपरिषद बैठक, वरीयता विवादले सरकार सकसमा


0
Shares

उपप्रधानमन्त्रीहरुको वरीयता विवादका कारण गत चैत ३ गतेदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन । संविधान संशोधनको नयाँ विधेयकमा मधेशी मोर्चासँग सहमति हुन नसकेपछि बैठक भोलि (सोमबार) अपरान्हसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई पहिलो वरीयता दिने संकेत पाएपछि अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि विराटनगर गएको र सोही कारण बैठक रोकिएको बुझिएको छ ।

उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिमध्ये कसलाई पहिलो वरीयता दिने भन्ने विवादका कारण सरकार नै निष्क्रिय अवस्थामा पुगिसकेको छ । जसका कारण सर्वोच्च अदालतले परमादेश जारी गर्दा समेत नेपाल प्रहरीमा महानिरीक्षक नियुक्ति हुन सकेको छैन भने कैयौं महत्वपूर्ण निर्णयहरु रोकिएका छन् ।

मन्त्रिपरिषद बैठक बस्न नसक्दा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरी प्रमुख नियुक्त हुन सकेको छैन भने कैयौं महत्वपूर्ण कामहरु अघि बढ्न सकेका छैनन् ।