Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पर्सामा म्यादी प्रहरीको तालिम सुरु


0
Shares

स्थानीय तह निवार्चनका लागि राजनीतिक दलहरु उम्मेदवार छनौटमा जुटेका छन् भने संगठन विस्तारदेखि पार्टी प्रवेश कार्यक्रमलाई पनि तीव्र बनाएका छन् ।

पर्साका राजनीतिक दलहरुले स्थानीय तहका लागि उम्मेदवारको नामावली सार्वजनिक नगरे पनि मतदातालाई आ–आफ्नो पक्षमा पार्ने गतिविधि भने गरिरहेका छन् ।

यसैबीच स्थानीय तह निवार्चनका लागि छनौट भएका म्यादी प्रहरीको तालिम आइतबारदेखि शुरु भएको छ । ठोरी, पटेर्वा, श्रीपुर विर्ता, लंगडी, बहुअर्वाभाठा, पोखरिया र वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको तालिम सुरु गरिएको हो ।

तालिममा एक हजार ३ सय ६७ जना पुरुष र १ सय २५ जना महिला सहभागी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।