कांग्रेस पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दहाललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न पाँच सूत्रीय माग अघि सारेको हो ।
सो ज्ञापनपत्रमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई क्षेत्रीय र पोखरिया अस्पताललाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गर्नुपर्ने माग गरिएको छ ।
वीरगन्ज उपमहानगरपालिकाभित्रका रहेका वडालाई जनसङ्ख्याका आधारमा छुट्याउनुपर्ने, प्रस्तावित वीरगन्ज विश्वविद्यलायको प्रक्रियालाई चाँडै अगाडि बढाउनुपर्ने, पर्साको ग्रामीण भेगमा रहेको हुलाकी राजमार्ग, गण्डकसडक, तिलावे खोलाको दोस्रो पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सरकारसँग माग गरिएको छ । (रासस)





प्रतिक्रिया दिनुहोस्