Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


लुम्बिनीबाट वेपत्ता भएका पूर्व पाकिस्तानी सैनिकको व्यापक खोजी


0
Shares

पाकिस्तानी दुतावासले आप्mना नागरिक एवं पाकिस्तानी सेनाका अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर तीन दिन अघि बेपत्ता भएको जानकारी गराएपछि नेपाल प्रहरीले खोजी तीब्र पारेको हो ।

पाकिस्तानी रक्षा मन्त्रालयले ट्वीट गर्दै मोहम्मद हबिबलाई भारतीय गुप्तचर एजेन्सी ‘रअ’ ले अपहरण गरेको दावी गरेको छ । उनी संयुक्त राष्ट्रसंघको रोजगारीका लागि अन्तर्वाता दिन नेपाल आएको बताइएको छ ।

पारिवारिक स्रोतले उनी लुम्बिनी पुगेको र ६ अप्रिलदेखि सम्पर्कमा नआएको जनाएको छ । मोहम्मद हबिबले पाकिस्तानी सेनाबाट सन् २०१४ को अक्टोबरमा अवकाश लिएका थिए ।

पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार केही अघि उनले अनलाइनमा आफ्नो बायोडाटा पोस्ट गरेका थिए ।

उनलाई ब्रिटेनको मोबाइल नम्बर र एक वेबसाइटबाट सम्पर्क भएको तथा उक्त वेबसाइट भारतमा होस्ट गरिएको पाइएको पनि पाकिस्तानी रक्षा मन्त्रालयको दाबी छ । यसबारेमा भारतले भने कुनै प्रतिक्रिया जनाएको छैन ।