स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
उनी पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी भएका थिए ।
सो अवसरमा तस्वीर खिच्नेक्रममा अचानक लडेपछि उनलाई टाउकोमा चोट लागेको थियो ।
गम्भीर अवस्थाका उनको पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारकोक्रममा मृत्यु भएको हो । उक्त विद्यालयको उनी सहयोगी दातासमेत थिए । रासस










प्रतिक्रिया दिनुहोस्