मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म जति चरणमा चुनाव गरे पनि मधेसमा चुनाव असम्भव हुने अडानमा कांग्रेस र मोर्चा रहेका छन् ।
नयाँ संविधान संशोधन प्रस्ताव अघि बढाएर दुई चरणमा भएपनि स्थानीय तहको निर्वाचन गर्ने तयारीमा सरकार लागिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहि तयारीका साथ नयाँ संशोधन प्रस्ताव अघि बढाउने गृहकार्य गरिरहेका छन् । यद्यपि, प्रधानमन्त्री दाहालले नयाँ संशोधन प्रस्ताव तयार भएको बताएको तीन दिन बितिसक्दा पनि संसदमा त्यस्तो प्रस्ताव दर्ता हुन सकेको छैन ।
प्रधानमन्त्री दाहालले सबैलाई मान्य हुने गरी त्यस्तो प्रस्ताव तयार गरेको दाबी गर्दै आएका छन् ।
नयाँ संशोधन प्रस्तावबारे आफूहरुलाई कुनै जानकारी नभएको मोर्चाका नेताहरुले बताएका छन् ।
सद्भावना पार्टीका सहध्यक्ष लक्ष्मणलाल कर्ण नयाँ प्रस्तावबारे आफूहरु अनविज्ञ रहेको दाबी गर्छन् ।
जसका लागि नयँ प्रस्ताव ल्याउन लागिएको उनीहरुले अनविज्ञता प्रकट गरिरहँदा निर्वाचन दुई चरणमा गर्ने विषय थप गौण बनेको छ ।
सत्तामै रहेको दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला दुई चरणमा निर्वाचन गर्न नहुने जिकिर गर्छन् ।
स्वयं मधेसी मोर्चा पनि निर्वाचन चरणमाभन्दा पनि पहिला मुद्दामा सहमति हुनुपर्ने अडानमा रहेको छ ।
मोर्चाका नेता कर्ण ‘निर्वाचन चरणमा गर्ने कुराभन्दा पनि माग सम्बोधन मुख्य कुरा हो’–भन्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





प्रतिक्रिया दिनुहोस्