Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल प्रहरीको महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त


0
Shares

                                                                                      फाइल फोटो

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

सरकारले गत माघ २९ गते डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

सर्वोच्चले गत चैत ८ गते सरकारी निर्णय उल्ट्याउँदै कार्यसम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा प्रहरी महानिरीक्ष नियुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा डीआईजी नवराज सिलवाल अगाडि रहेको तथ्य दिएको थियो ।

तर, उपप्रधानमन्त्रीहरुको वरिष्ठता विवादले लामो समय मन्त्रिपरिषद बैठकसमेत बस्न नसक्दा अदालतको आदेशअनुसार महानिरीक्षको नियुक्ति हुन सकेको थिएन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चारजना डीआईजीको कार्यसम्पादन मूल्यांकनको अंक अध्ययन गर्न भन्दै गृहसचिवको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको थियो ।

सोही आधारमा प्रकाश अर्याललाई नियुक्त गरिएको दाबी गरिएको छ ।