Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


वैशाख ३१ को निर्वाचन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री


0
Shares

मंगलबार व्यवस्थापिका–संसदको सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री दाहालले संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनलाई पनि निर्वाचनमा जाने बाटो खोल्ने दाबी गरे ।

उनले केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नुपरेपनि सरकार तयार रहेको तर वैशाख ३१ को निर्वाचन भने नरोकिने प्रस्ट गरे ।

सबैको भावना समेट्ने गरी संविधान संशोधनको दोस्रो विधेयक बनाइएको भन्दै उनले सकेसम्म देशभर एकै चरणमा चुनाव गरिने बताए ।

प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्च अदालतको फैसला र कार्यकारी अधिकार दुबैको सम्मान गरिएको पनि प्रस्ट गरे ।

केही वर्षदेखि प्रहरी प्रमुखको नियुक्तिमा विवाद हुँदै आएको भन्दै उनले यस्ता विवादले शान्ति–सुरक्षा कायम गर्न प्रतिकूल असर पारेकाले अब मूल्यांकन विधि परिमार्जन गरिने बताए ।