Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


गुडविल फाइनान्सको नगद लाभांस प्रस्ताव पारित


0
Shares

काठमाडौं, फागुन १० । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)को नगद लाभांस प्रस्ताव पारित भएको छ ।

संस्थाको शुक्रबार सम्पन्न २४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५.३ प्रतिशत बराबर नगद लाभांस प्रस्ताव पारित गरेको हो ।

संस्था यस अवधिमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको जनाइएको छ ।

समीक्षा वर्षमा चुक्तापुँजीको वृद्धि, अस्वस्थ प्रतिस्पर्धा र सुरक्षित लगानीको अभाव एवं उत्पादनमूलक क्षेत्रको न्यून विकासजस्ता नकारात्मक प्रभाव बजारमा रहन गएको संस्थाले जनाएको छ ।

लगानी संकुचित भइ निक्षेपको ब्याजदरमा वृद्धिलगायतका प्रतिकूल अवस्थाका बाबजुद् संस्था प्रगति कायम गर्न सफल भएको जनाइएको छ ।

संस्थाले यस अवधिमा ५ अर्ब ४२ करोड निक्षेप संकलन गरी ४ अर्ब ६७ लाख कर्जा प्रवाह गरेको जनाइएको छ ।