कांग्रेसले मंगलबार भैरहवामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले वैशाख ३१ मा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे ।
मधेसी मोर्चाको मागअनुसार नै संविधान संशोधनको नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराइएको भन्दै देउवाले ‘मोर्चाले त्यसलाई मान्नैपर्छ’–भने ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकलाई समान अधिकार प्रदान गर्नका लागि स्थानीय तहमा थुप्रै अधिकार दिइएको बताए ।
त्यस्तै, कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निर्वाचन कांग्रेसका लागि जीवन–मरणको सवाल भएको भन्दै विद्रोही उम्मेदवार बनेमा तत्काल कारबाही गर्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्