Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


प्रख्यात सगरमाथा आरोही आङरिता शेर्पा अस्पताल भर्ना


0
Shares

बिना अक्सिजन दश पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका शेर्पाको राजधानीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको हो

अचानक बेहोस भएपछि उनलाई एक हप्ता अगाडि अस्पताल भर्ना गरिएको थियो । हिमाल आरोहण र नेपालको पर्यटन क्षेत्रलाई बिश्वमा चिनाउन उनको योगदान महत्वपूर्ण रहेको छ ।

शेर्पाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पर्यटन मन्त्री दिलनाथ गिरी अस्पताल पुगेका थिए । नेपालको स्रष्टाको रुपमा रहेका हिमाल आरोही शेर्पाको उपचारका लागि सम्पूर्ण प्रबन्ध सरकारले गर्ने बताए ।

शेर्पाको आर्थिक अवस्था दयनीय छ । सरकारले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकसँग आग्रह गरेको मन्त्री गिरीले बताए ।

सोलुखुम्बु नाम्चे घर भएका ७३ बर्षिय शेर्पाको स्वास्थ्यमा सुधार हुँदै गएको चिकित्सकले जानकारी दिएका छन् ।