डीआईजी नवराज सिलवालको रिटमाथि बुधबार भएको सुनुवाइपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
सरकारको जवाफ आएपछि पूर्ण इजलासमा सुनुवाइअघि बढाउने निर्णय पनि अदालतले गरेको छ ।
गत सोमबार राति मन्त्रिपरिषदको बैठकले कार्यसम्पादन मूल्यांकनको आधार भन्दै प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।
महानिरीक्षकका अर्का दाबेदार सिलवालले सर्वोच्चको परमादेशको पालना नभएको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्