बुधबार पोखरामा भएको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको माग सम्बोधन गर्ने कांग्रेसको दायित्व भएको बताए ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताएमा वृद्धभत्ता अहिलेकोभन्दा दोब्बर गर्ने भन्दै देउवाले ज्येष्ठ नागरिकहरुलाई कांग्रेसको पक्षमा उभिन आग्रह गरे ।
निर्वाचनमा कसैले अन्तर्घात गरेमा पार्टी कडारुपमा प्रस्तुत् हुने उनको चेतावनी थियो ।
कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दल मिलेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।
निर्वाचन गरेर देशलाई निकास दिन नसके अहिलेको पुस्ता नै असक्षम र नालायक ठहर्ने उनको भनाइ थियो ।
कार्यक्रमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस महामन्त्री शशांक कोइरालालगायतले सम्बोधन गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्