रिपोर्टस् क्लबले बुधबार राजधानीमा गरेको साक्षात्कारमा उनले मधेसी मोर्चाले बहिस्कार गरेपनि निर्वाचन नरोकिने भन्दै ‘देशैभर वैशाख ३१ गते नै चुनाव हुन्छ’–भने ।
सोही कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले निर्वाचन बहिस्कारको नारा मोर्चाको चुनावी रणनीतिमात्रै भएको भन्दै उनीहरु कुनैपनि बाटो प्रयोग गरेर चुनावमा आउने दाबी गरे ।
अब जोसुकैले बहिस्कार गर्छु भने पनि निर्वाचन रोक्न नसकिने मन्त्री केसीको भनाइ थियो ।
यस्तै, संघीय सद्भावना पार्टीका अध्यक्ष अनील झाले भने मधेसी मोर्चाले बहिस्कारको निर्णय गरिसकेकाले आफूहरु चुनावमा सहभागी नहुने जिकिर गरे ।
उनले संविधान संशोधनको नयाँ विधेयक झन् पछाडि हटेको भन्दै मोर्चाका अगाडि आन्दोलनमात्रै बाँकी रहेको तर्क गरे ।





प्रतिक्रिया दिनुहोस्