Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


मासिक १० हजार दिएर मेटल फेब्रिकेटर्सको तालिम दिइँदै


0
Shares

तीन महिने तालिमको बुधबार श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले उद्घाटन गरे ।

महासंघले ग्रील व्यवसायमा कामदार अभाव भएपछि भत्ता दिएरै तालिम दिएको अध्यक्ष मोहन कटुवालले बताए ।

यस व्यवसायमा ५० हजार कामदार अभाव रहेको महासंघले जनाएको छ ।

पहिलो चरणमा विभिन्न जिल्लाबाट आएका ४० जनालाई राजधानीमा तालिम दिइएको छ भने दोस्रो चरणमा २० जनालाई मोरङमा तालिम दिने महासंघले जनाएको छ ।

तालिमपछि पूर्ण रोजगारीको ग्यारेन्टी गरिएको अध्यक्ष कुटवालले बताए ।

तालिममा गुल्मी, अछाम, बाँके, दोलखालगायत २५ जिल्लाबाट प्रशिक्षार्थी छनोट गरिएको महासंघले जनाएको छ ।