महासंघको नवनिर्वाचित पदाधिकारीसहित कार्यकारी सदस्यहरुले बिहीबार प्रधानमन्त्री दाहाललाई भेटी निजी क्षेत्रमैत्री बजेट ल्याउन आग्रह गरेको हो ।
महासंघले मन्त्रालय–मन्त्रालयबीच समन्वय गराउनुपर्नेमा पनि जोड दिएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले आगामी बजेट निजी क्षेत्रमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै बजेटमा लिखित सुझाव दिन पनि महासंघलाई आग्रह गरे ।
भेटपछि महासंघ अध्यक्ष भवानी राणाले बजेट निजी क्षेत्रमैत्री बनाउन, अन्तर मन्त्रालयबीच समन्वय बढाउनुपर्नेलगायतका विषयमा महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइन् ।
उनले महासंघले छिट्टै लिखितरुपमा बजेट सुझाव दिइने पनि बताइन् ।
भेटमा निवर्तमान अध्यक्ष पशुपति मुरारकासहित महासंघका पदाधिकारी एवं कार्यकारी सदस्यहरुको सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्