Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


शितलापुरमा आगलागी पीडित खुला आकाशमुनी बस्न बाध्य


0
Shares

आगलागीबाट पूरै गाउँ खरानी भएपछि त्यहाँका सर्वसाधारण राहत कुरिरहेका छन् । आगलागीबाट खाद्यान्न र लत्ताकपडा सबै नष्ट भएकाले उनीहरुका लागि तत्काल राहत पु¥याउन अपील गरिएको छ ।

आगोले ५९ घर जलेर नष्ट हुँदा एक करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको बताइएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयको अगुवाईमा पीडितहरुलाई दैवी प्रकोप उद्धार कोषमार्पmत ५ हजार रुपैयाँ प्रतिपरिवार वितरण गरिएको छ । प्रतिघर त्रिपाल र केही राहत सामग्री पनि दिइएको छ ।