मृत्यु हुनेमा स्कुटर चालक तार्केश्वर नगरपालिका–११ जरंखुका २० वर्षीया रुपा तामाङ रहेको प्रहरीचौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।
नयाँवर्ष मनाउन साथीसँग ककनी आउँदै गर्दा ककनी गाउँपालिका–१ पहिरो भन्ने स्थानमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटरको पछाडि बस्ने २२ वर्षीया सिर्जना श्रेष्ठ गम्भीर घाइते भएकी छन् । स्वास्थ्य उपचारका लागि उनलाई काठमाडौंतर्फ पठाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
बा७९प ९०९८ नम्बरको स्कुटर पासाङल्हामु सडकखन्डको ककनी गाउँपालिका–१ स्थित पहिरो भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्