Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो


0
Shares

                                                                                 फाइल फोटो

चितवनको नारायणगढ–मुग्लिन सडकखन्डको चारकिलो भन्ने ठाउँमा शुक्रबार बिहानदेखि सुक्खा पहिरो खसेको थियो । पहिरो लगातार खसेपछि सडक खुलाउन समस्या भएको थियो ।

दिउँसोदेखि भने सडक पूरा खुला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरो खस्नेक्रम बिहान ९ बजेदेखि सुरु भएको थियो । केही दिनयता सो स्थानमा स–साना पहिरोहरु खसिरहेको छ । सडक स्तरोन्नतिकाक्रममा भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो ।

मुग्लिन सडकखन्डअन्तर्गत् घुमाउनेमा केहीअघि पहिरो खस्दा पुरिएर दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

नारायणगढ–मुग्लिन सडकखन्डमा दैनिक बिहान १० देखि ४ बजेसम्म सडक रोकेर काम हुँदै आएको छ ।