Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मदन भण्डारी राजमार्ग निर्माणको काम तीव्र


0
Shares

सिन्धुली, फागुन १० । राष्ट्रिय प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्डमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । कतिपय स्थानमा पुल निर्माण, कजवे, ह्युमपाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्टलगायतका निर्माणको काम भइरहेको छ ।

सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुरलगायत जिल्लाका भित्री उपत्यकाहरू जोड्ने मदन भण्डारी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा लिइएको छ । जेडआइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले २०७३ कात्तिकदेखि पूर्वी खण्डको १३४ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

सडक निर्माणको काम समयमै सक्ने निर्माण कम्पनीले जनाएको छ । सवारी साधनका लागि ७ मिटर र दायाँबायाँ २÷२ मिटर गरी ११ मिटर कालोपत्रे हुने सडकको काम २०७६ सम्ममा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको छ ।