२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


यो हो जनावरको दुर्व्यसनी सुधार केन्द्र


0
Shares

बीबीसी वर्ल्डकाअनुसार अष्ट्रेलियन प्रहरीले ‘क्रिस्टल मेथम्फेटामाइन’ प्रयोगशालामा छापा मारेपछि त्यहाँ ठूलो मात्रामा लागुपदार्थसहित लागुपदार्थ बनाउन प्रयोग गरिने उपकरण तथा रसायनहरु बरामद गर्‍यो ।

प्रहरीहरुले लागुपदार्थसँगै एक ६ फिट लम्बाईको जगंली अजिंगर (पाइथान) पनि भेटे । तर, अजिंगरलाई लागुपदार्थको परीक्षण गरिएको पाइयो ।

प्रहरीकाअनुसार उक्त अजिंगर लागुपदार्थको दुव्र्यसनीमा फसेको थियो । प्रहरीले अजिंगरले लागुपदार्थ आफ्नो शरीरको छालाबाट लिने गरेकाले अति रिसाहा तथा डरलाग्दो व्यवहार देखाउने गरेकोसमेत बताए ।

प्रहरीले उक्त अजिंगर (पाइथान)लाई कैदीहरुले जेलभित्रै खोलेको जीव सुधार केन्द्रमा भर्ना गरिदिए । सुधार केन्द्रमा लगातार सात महिनासम्म हेरचाह गरेपछि हालै अजिंगर सामान्य अवस्थामा फर्केको बीबीसी वर्ल्डले उल्लेख गरेको छ ।

अष्ट्रेलियामा रहेको उक्त जीव सुधार केन्द्रमा कुलतमा फसेका २५० भन्दा बढी जनावरहरुलाई भर्ना गरिएको छ ।

केन्द्रमा न्यूनतम् सुरक्षासहित घरपालुवा कंगारु, पोसम, घरेलु चराहरु, बाँदरलगायतका जीवजन्तुहरुको आचरण सुधारका लागि हेरचाह गरिन्छ ।

‘द जोन मोरोने करेक्सनल कम्प्लेक्स’ नाम गरेको उक्त सुधार केन्द्रमा प्रहरीको निगरानीसमेत बढाइएको छ ।

केन्द्रका जीवजन्तु सुधारक एक कर्मचारीकाअनुसार केहि अपराधीहरुले विषालु सर्पको गलत प्रयोग गरी बन्दुकको विषालु गोली तथा औषधि बनाउने कार्य गरिरहेकोले सुरक्षा दिइएको हो ।

उक्त सुधार केन्द्रमा सात महिनासम्म कैदीबन्दीहरुले हेरचाह गरेर उक्त जंगली अजिंगरको दुव्र्यसनी निर्मुल पार्न सफल भएको जनाइएको छ ।

उक्त जीव सुधार केन्द्रमा खटिएका कैदीहरुको जेल प्रमुख इभान काल्डेरले वन्यजन्तु संरक्षण कार्यक्रमअन्तर्गत् केन्द्रको स्थापना भएको बताए ।

उनकाअनुसार २० वर्षदेखि केन्द्रले काम गरिरहेको र यहाँका कैदीबन्दीहरुले त्यस्ता दुर्व्यसनी वन्यजन्तुहरुलाई पुनःस्थापना गराउन ठूलो भूमिका खेलेका छन् ।

जेल प्रमुख काल्डेरले ‘यदि जनावरलाई माया गरेर सिकाइयो भने उनीहरुले पनि मानिसलेझैं सबै कुरा सिक्ने र आफ्ना रिसालु, झगडालुलगायत विभिन्न कुलतहरु सजिलै त्याग्नसक्ने’ बताए । (एजेन्सी)