Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नो हर्न प्लिज ! ‘हर्न नै निकालिदिएँ’ (भिडियोसहित)


0
Shares

अत्यावश्यक अवस्थामाबाहेक हर्न बजाउन नपाइने नियम शुक्रबार पहिलो दिन आंशिकरुपमा पालना गरेको पाइएको छ ।

हिजोसम्म कानै खाने गरी हर्नको कर्कस ध्वनी शुक्रबार राजधानीका सडकमा निकै घटेको महसुस गरिएको छ । अधिकांश चालकहरु हर्न निषेध गरिएकोप्रति सचेत रहेको पाइयो ।

अधिकांशले बिहानदेखि हर्न नबजाएको दाबी गरेका छन् भने कतिपय चालकले त हर्न बजिहाल्छ कि भन्ने त्रासले हर्न नै झिकेकोसमेत बताएका छन् ।

हर्न निषेध गरिनुलाई सर्वसाधारणले पनि निकै सकारात्मक कदम भनेका छन् । जथाभावी हर्न बजाइँदा कानै थुनेर हिँड्नुपर्ने अवस्था रहेको भन्दै पैदलयात्रीहरुले हर्न निषेधलाई कडाइसाथ लागू गर्नुपर्ने बताएका छन् ।

ध्वनी प्रदूषण सहरी क्षेत्रमा ठूलो समस्या बन्दै आएको छ । यही समस्यालाई न्यून गर्नका यो नियम लागू गरिएको भन्दै ट्राफिक प्रहरीले पनि नो हर्नको नियमलाई लागू गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्