काठमाडौं, फागुन ९ । नेपाली युवा उद्यमी मञ्च र नेपाल–अमेरिकी एलुमनाई नेटवर्कले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ ।
महिलाहरुको सीप र क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुन १७ गते महिला सम्मेलनको आयोजना गर्न लागिएको हो ।
मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी सम्मेलनका उद्देश्यलगायतबारे विस्तृत् जानकारी गराइएको हो ।
नेपालको कृषि, उत्पादनमूलक उद्योग, जलविद्युत्लगायतका उद्यमशील क्षेत्रहरुमा सहभागी महिला उद्यमीहरु सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा स्टार्टअप उद्यमी, विद्यार्थीहरुसमेत सहभागी हुने जनाइएको छ ।
सदस्यतामा आधारित यस संस्थाले उद्यमशीलता विकासलाई बढावा दिने काम गर्दै आएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्