यस साता कारोबार भएका सबै समूहमा उच्च अंकको बृद्धि आएसँगै नेप्सेमा उल्लेख्य अंकको बृद्धि आएको हो ।
बीमा समूह सबैभन्दा उच्च २ सय २७ अंकले बढ्यो । यस्तै विकास बैंक समूह १ सय २८ अंकले, होटल समूह ८६ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ३२ अंकको बृद्धि आयो । यस साता कारोबार परिमाणमा पनि बृद्धि जारी रह्यो ।
१ सय ५७ कम्पनीहरुको ६ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरका एक करोड ६३ लाख कित्ता सेयरहरु खरिद बिक्री भए ।
गत साता १ सय ५५ कम्पनीहरुको ६ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरका एक करोड १० लाख कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ४७ प्रतिशत बढी हो ।
यस साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि नेपाल क्रेडिट एन्ड कमर्स बैंक अग्रस्थानमा रह्यो ।
कारोबार रकमकै आधारमा एनसीसी बैंकलाई गुराँस लाइफ इन्स्योरेन्स, नेपाल बैंक, प्रभु बैंक र सूर्या लाइफ इन्स्योरेन्सले क्रमशः पच्छ्याउन पुगे ।









प्रतिक्रिया दिनुहोस्