देशकै नमूना सडक मानिएको यस खण्डको काम सम्पन्न भएको क्षेत्रमा सौर्य बत्ति जडान गरिएको छ ।
२४ किलोमिटर ६ लेन सडकमा सौर्य बत्ति जडान भइरहेको हो । व्यापारिक मार्ग बिस्तार आयोजना अन्तर्गतको यस सडकमा वत्तीको जडान सकिँदा २४ किलोमिटर सडक पूरै झिलिमिली हुनेछ ।
सडक पूरा भएपछि करिब १ हजार ५ सय सौर्य बत्ती जडान हुनेछन् । पहिलो चरणमा बुटवल चौराहादेखि तिलोत्तमाको ड्राइभरटोलसम्म करिब दुई करोड रूपैयाँ लागतमा १ सय ५० वटा सौर्य बत्ती जडिने आयोजनाका इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए ।
दोस्रो चरणमा ड्राइभरटोलदेखि मणिग्रामसम्म एक सय वटा बत्ती जडान गरिने जनाइएको छ । सडक बत्तीमा खपत भइरहेको विद्युतीय ऊर्जा घटाउन सरकारले सौर्य ऊर्जाबाट बत्ती बाल्ने अभियान संचालन गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्