काठमाडौं, फागुन ९ । पन्चासे केबलकार एन्ड टुर्सले आधुनिक केबलकारको सुरुआत गर्ने भएको छ ।
पन्चासे केबलकार एन्ड टुर्सले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कास्कीको पोखराबाट पर्वतको पन्चासेसम्म केबलकार निर्माणबारे विस्तृत् जानकारी गराएको हो ।
प्रमुख कार्यकारी अधिकृत चिन्तामणि शर्मा तिमल्सिनाले नागरिकबाटै लगानी उठाइ नागरिकलाई नै सेयरधनी बनाउने उद्देश्यसहित आयोजना निर्माण गर्न लागिएको बताए ।
८.५ किलोमिटर हुने उक्त केबलकार ११ अर्ब ३८ करोड रुपैयाँ बराबर लागतमा बन्न लागेको हो ।
स्थानीयहरुलाई नै सेयरधनी बनाउने र स्थानीय लागतमा नै बन्ने उक्त आयोजना ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको पन्चासे केबलकार एन्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
सोही स्थानका प्रभावितका लागि योगदानमा आधारित एक लाख रुपैयाँको सेयर, किस्ताबन्दीमा सेयर संकलन र स्थानीयलाई रोजगारी दिइ त्यसबाट प्राप्त तलबको निश्चित हिस्साबाट सेयर पुँजी संकलन गर्ने व्यवस्था रहेको अध्यक्ष शर्माले बताए ।
परियोजनाले १० हजारलाई रोजगारी दिने दाबी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्