काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं, दहचोकमा आयोजित इन्द्रदह पर्यटन महोत्सवको बिहीबार उद्घाटन गरेका छन् ।
त्यसक्रममा दहचोकको इन्द्रसरोवरमा निर्माण गरिएको राष्ट्रिय विभूति काजी कालु पाण्डेको पूर्णकदको सालिकको पनि उनले अनावरण गरे ।
यस्तै, सोही स्थानमा निर्माण गरिने ५ तल्ले भ्यू टावरको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरु अपराध र भ्रष्टाचारतिर उन्मुख भएको देख्दा आफू दुःखी भएको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्थानीय २५ जनालाई सम्मानसमेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्