सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन महाशाखाले काठमाडौं महानगरपालिकासँग मिलेर पसल हटाउन लागेको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको सहयोगमा चैत २८ गतेदेखि फुटपाथ हटाउन थालिएको बताए ।
उनले सडक सुरक्षाका लागि एक महिनासम्म जनचेतना जगाउने र उल्लंघन गरे कानुनी कारबाही गर्ने स्पस्ट पारे ।
यस्तै, महाशाखाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेपछि सवारीचालक सजग भएर सवारी चलाउन थालेको र यसबाट दुर्घटनामा कमी आएको जनाएको छ ।
महाशाखाका प्रमुख लामाले अनावश्यक हर्न बजाउने दैनिक दुई सयभन्दा बढी सवारी–साधनलाई कारबाहीको दायरामा ल्याइएको बताए ।
नयाँ नीतिअनुसार अत्यावश्यक अवस्था र घुम्तीमाबाहेक अन्य स्थानमा हर्न बजाउन पाइँदैन । रासस










प्रतिक्रिया दिनुहोस्