१७ दिनदेखि सुधार केन्द्रमा राखिएका ३३ वर्षीय पदमबहादुर पौडेलको शनिबार मृत्यु भएको खबर सुधारगृहले गरेको आफन्तले बताएका छन् ।
अघिल्लो दिनसम्म सामान्य अवस्थामा रहेका व्यक्तिको भोलिपल्ट मृत्यु भएपछि आफन्तले हत्या भएको आरोप लगाएका छन् ।
शवको पोस्टमोर्टमकाक्रममा टाउकोमा गम्भीर चोट रहेको देखिएको भन्दै आफन्तले पौडेलको हत्या नै भएको दाबी गरेका हुन् ।
मृतकको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम र चोट लागेको पाइएको पनि आफन्तले दाबी गरेका छन् ।
मृतकका दाइ हेमबहादुर पौडेलले भाइको हत्या नै भएको दाबी गर्दै घटनाको छानबिन गरी उचित क्षतिपूर्तिको माग गरेका छन् ।
घटनाकोबारेमा सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दरखास्त परेको र पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा शव पठाइएको वृत्तका प्रहरी निरीक्षक श्यामयल सुब्बाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्