Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कञ्चनपुरको लिङगा क्षेत्र पर्यटकको रोजाइमा(भिडियो)


0
Shares

-डिल्लीराज पन्त/ ईमेज

जिल्लाको उत्तरी चुरे पहाडी क्षेत्रमा अवस्थित माटो र ढुङ्गाको मिश्रणवाट बनेको शिव लिङजस्तै देखिने आकारका ठुला ठुला पहाडहरुको अवलोकन गर्न आउने आन्तरिक तथा वाहय पर्यटकहरुको भिड नै लाग्ने गरेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने लिङगा क्षेत्रमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको चाप बढेको हो ।

उत्तरी चुरे पहाडी क्षेत्रमा अवस्थित माटो र ढुङ्गाको मिश्रणवाट बनेको शिव लिङजस्तै देखिने आकारका ठुला–ठुला पहाडहरुको अवलोकन गर्न आउने पर्यटक बढेका हुन् ।

जति झरीबर्षा हुँदा पनि ति पहाडहरुमा कुनै असर नगर्नु नै यहांको मुख्य विशेषता रहेको छ । लिङगाको शुद्ध मनले पुजा अर्चना गरे मनोकांक्षा पुरा हुने जन विश्वास रही आएको छ ।

प्राकृतिक रमणिय यस क्षेत्रमा पछिल्लो समय धार्मिक आस्थाका दृष्टिकोणले समेत भक्तालु दशनार्थी समेत आउन थालेको स्थानीय पुजारी वताउंछन ।

केही वर्ष अगाडिसम्म सुनसान रहेको यो क्षेत्र पछिल्लो समय दैनिक जसो आन्तरिक पर्यटनहरु आउने गरेका छन भने विभिन्न विद्यालय, संघ संस्थाबाट पिकिनिक गर्ने आउनेको समेत भिड देखिन्छ ।

लिङगाको माथि तिर पहिरो गएको छ, रुख छन, ठुला ठुला ढुङगा छन तर पहिरो आउँदा पनि माटाले बनेका ती शिव लिङ नत भत्किन्छन् न त पग्लन्छ एक चमत्कार पनि लिङगामा हेर्न सकिन्छ ।

लिङगासम्म पुग्न सकिने पक्की बाटो, खाने पानी, बिजुली बत्ती र यातायातको सुविधा भइदिए र सरकारले यस क्षेत्रको विकासका लागी थोरै पनि ध्यान दिन सके पर्यटकहरु बढ्ने पर्यटक नै बताउंछन् ।

प्राकृतिक पर्या पर्यटन तथा तथा धार्मिक रुपमा यस क्षेत्रलाई विकास गर्नका लागी स्थानीयले स्वतःस्फूर्त रुपमा लागी परेका छन ।

स्थानीयले आफ्नै जनश्रमदान गरेर सो क्षेत्रमा एक शिव मन्दिर वनाएका छन भने त्यस क्षेत्रमा आउने पर्यटकका लागी विश्रामस्थल र पिकनिक स्पट वनाउन पहल गरिरहेका छन ।

लिङगा क्षेत्रका लागि सरकारले सहयोग गरेपछि यस क्षेत्रमा पर्यटक बढ्ने र यस क्षेत्रको आर्थिक बिकास हुने स्थानीयले बताएका छन ।