जिल्लाको साविकको भुग्देउ गाविसमा रु दुई लाख दुई कृषकलाई उपलब्ध गराउन सम्झौता भएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए ।
अनुदानप्राप्त कृषकले अनिवार्य कम्तीमा २५ ओटा पाडा पालेको हुनुपर्छ ।
‘साना दूधेपाडा नास नहोउन् र पाडाबाट दिगोरुपमा मासु उपलब्ध होस् भन्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको हो’–उनले भने ।
सरकारले मासुको मागअनुसार आपूर्ति पनि पूरा गर्ने उद्देश्यले पाडापालन कार्यक्रमलाई प्राथमिकतामा राखेकोे पशु चिकित्सक सापकोटाले उल्लेख गरे ।
त्यस्तै, जिल्लाको साविकको नार्गेगर्गचे गाविसमा दिनेश लामाले सन्चालन गरेको तामाकोसी अर्गानिक फार्ममा ५० ओटा पाडापालन गरिएको छ ।
सो फार्मलाई पटक–पटक गरेर रु १२ लाखसम्म अनुदान उपलब्ध गराइएको सो कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा तीन वर्षदेखि पाडापालन कार्यक्रम सन्चालन हुँदै आएको छ ।
जिल्लामा कुल एक लाख २० हजार भैंसी रहेका र तीनबाट दूधको उत्पादनमा ६० प्रतिशत योगदान रहेको बताइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्