अर्घाखाँची, फागुन ९ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले सरकारले कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको बताएका छन् ।
बिहीबार नेपाल पत्रकार महासंघ अर्घखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले कृषकहरुका लागि कृषि पेन्सनको व्यवस्था गर्न लागेको जानकारी दिए ।
कृषिमन्त्री खनालले विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरी सहुलियतदरमा ऋण उपलब्ध गराइनेसमेत बताए ।









प्रतिक्रिया दिनुहोस्