Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


बिरामीकै दाँत प्रयोग गरेर १६ वर्षपछि आँखाको दृष्टि फर्काउन डाक्टर सफल (फोटोफिचर)


0
Shares

आइतबार (हिजो) अष्ट्रेलियन नागरिक जोन इंग्सको आफ्नै दाँत प्रयोग गरेर चिकित्सकहरुले आँखाको शल्यक्रिया गरेका हुन् ।

चिकित्सकहरुले उनको आँखाको शल्यक्रियालाई अत्यन्तै ‘र्‍याडिकल सर्जरी’ भएकोले चार चरणमा आँखाको शल्यक्रिया गरेको बताएका छन् ।

अष्ट्रेलियाको सिड्नी आँखा अस्पतालमा सम्पन्न उनको शल्यक्रिया प्रक्रियाबारे आइतबारै ‘सिक्टी मिनेट्स’ अनलाइनले भिडियोसहित प्रसारण गरेको थियो ।

जोनले आफूलाई विगत १६ वर्षदेखि दृष्टिबिन्दू भएको र दाहिने आँखाले केहि नदेखेको बताए ।

आँखा सर्जनहरुकाअनुसार ‘द हेर्पेस सिम्प्लेक्स भाइरस’ले उनको आँखाको कोर्नियालाई नस्ट गरिसकेको थियो । मेडिकल भाषामा यस रोगलाई ‘आँस्टियो ओडेन्ट प्रोस्थेसिस्’ भनिन्छ ।

एनएसडब्लु विश्वविद्यालयाका मुख तथा म्याक्सिलोफेसियल विशेषज्ञ डा.श्यानन् वेबर र अकुप्लाष्टिक सर्जन डा.ग्रेग मोलोनीयको संयुक्त टोलीले जोनको आँखाको शल्यक्रिया गरेका हुन् ।

अस्पतालले शल्यक्रिया जटिल भएकोले चार चरणमा सम्पन्न गरेको उल्लेख गरेको छ ।

डा.वेब्बरले जोनको आँखाको ज्योति फर्काउन कृत्रिम लेन्सको प्रयोग गरेको बताए ।उनले भने–‘आँखामा कृत्रिम लेन्स अड्याउन बिरामीकै दाँत झिकेर त्यसमा सानो प्वाल पारी लेन्स अड्याइ आँखामा प्रत्यारोपण गरिएको हो ।’

तीन महिनाअगाडि नै निकालिएको दाँतलाई बिरामीकै रगत पूर्ति गरेर स–साना कोषहरुको निर्माण गरी आँखालाई मिल्ने आकारको दाँत बनाइएको थियो ।

डा.वेब्बरले जटिल प्रक्रिया भएपनि सबैभन्दा भरोसा गर्न लायक लेन्स स्ट्यान्ड दाँत नै भएको बताए ।

 

यस्तो प्रकारको जटिल शल्यक्रिया अष्ट्रेलियामा यो दोस्रोपटक सफल भएको हो । यसअघि सन् २००४ मा मार्टिन जोन्स नाम गरेका व्यक्तिको यस्तै शल्यक्रिया सम्पन्न भएको थियो । (एजेन्सी)