वीरगन्जको घण्टाघरमा सोमबार राति शंकास्पद अवस्थामा भेटिएको वेवारिसे झोलालाई पुनः सेनाले डिस्पोज गरेको छ ।
घण्टाघर सडक छेउमा राती साढे ९ बजे बेवारिसे अवस्थामा कालो र रातो रंगको झोला भेटिएपछि झोला भित्र बम रहेको आशंकामा त्यस क्षेत्रको जनजीवन आतंकित बनेको थियो ।
झोला भेटिएको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमा यात्रु र सवारीसधानको आवागमनमा रोक लगाएको थियो ।
वीरगन्जमा रहेको नेपाली सेनाको बरखगणबाट आएको सेनाको बम डिस्पोजल टोलीले झोला माथि विस्फोटक पदार्थ राखेर डिस्पोज गर्दा झोला भित्र खानेकुरा र फोहोर भेटिएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।
यस्तै आइतवार दिउँसो वीरगन्जको लिंकरोडमा भेटिएको वेवारिसे झोलामा ‘सि आर ओआइ इएन’ लेखिएको ग्याँस सिलिण्डरलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको थियो ।
झोलामा बम नरहेको स्पष्ट पार्दै उनले कुनै व्यक्तिले तर्साउनका लागि यस्तो काम गरेको हुन सक्ने बताए ।










प्रतिक्रिया दिनुहोस्