Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भक्तपुरमा डिप बोरिङ गर्दा आगोको मुस्लो निस्कियो, तिलागाउँ तनावमय


0
Shares

मंगलबार बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेपनि आगो निभाउन सकिएको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् ।

आगोको मुस्लो बढ्दै गएपछि आसपासका घरमा जोखिम बढेको पूर्वगाविस अध्यक्ष शशिजंग थापाले बताए ।

पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको थियो । रासस