Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


क्यारेट बनाउने उद्योग सञ्चालन


0
Shares

कपिलवस्तु, फागुन ९ । कपिलवस्तुमा पहिलो पटक क्यारेट बनाउने उद्योग सञ्चालन भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरुले स्वेदशमै लगानी गरी उद्योग सञ्चालन गरेका हुन् । शिवराज नगरपालिका–५ चन्द्रौटा बुडिहवा गाउँमा ५ जना युवाको समूहले गौमुखी क्यारेट नामक उद्योग संचालन गरेका छन् । ६० लाखको लगानीमा गत माघ १६ गते सुरु गरेको उद्योगमा अहिले १ करोडभन्दा वढीको लगानी पुगिसकेको छ ।

भारतबाट आउने क्यारेटमा नेपाली अण्डा व्यवासायीलाई ठूलो लगानी गर्नु पर्दथ्यो । अहिले नेपालमै उद्योग खुलेकाले व्यवासायीलाई फाइदा भएको सञ्चालकहरुले बताएका छन् । क्यारेट उद्योगमा १ दर्जन व्यक्तिले रोजगारी पाएका छन् ।